दफा ४०
बैठक सम्बन्धी कार्यविधि
(१) निर्देशन समितिको बैठक तीन महिनामा कम्तीमा एकपटक बस्नेछ ।
(२) निर्देशन समितिकोे बैठक अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) निर्देशन समितिकोे बैठक बस्ने सूचना सो समितिको सदस्य–सचिवले बैठक बस्नुभन्दा कम्तीमा अठ्चालीस घण्टा अगावै सदस्यहरूलाई दिनु पर्नेछ ।
(४) निर्देशन समितिकोे कूल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा सो समितिकोे बैठकका लागि गणपूरक सङ्ख्या पुगेको    मानिनेछ ।
(५) निर्देशन समितिकोे बैठकको अध्यक्षता सो समितिको अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षल गर्नेछ ।
(६) निर्देशन समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) निर्देशन समितिले सम्बन्धित क्षेत्रका कुनै पदाधिकारी वा विशेषज्ञलाई सो समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(८) निर्देशन समितिको निर्णय सो समितिको सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(९) निर्देशन समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।